Logo
४ बैशाख २०८१, मंगलबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पटक-पटकको सूचनालाई अटेर गरेपछि नगरपालिकाले लगायो डोजर, दुहवीमा अतिक्रमित बाटो खुलाउन सुरु

सुनसरी/दुहवी नगरपालिकाले अतिक्रमित बाटो खुलाउन सुरु गरेको छ । विकासको काममा अवरोध भएको भन्दै दुहवी ४ स्थितको अतिक्रमित बाटो खुलाउन डोजर लगाएर चिन्ह लगाउन सुरु गरेको हो ।
२ वर्षदेखि पटक पटक सूचना जारि गर्दा समेत अटेर गरेकोले डोजर लगाउन बाध्य भएको नगरपालिका स्रोतको दावी छ । बाटो खुलाउन डोजर लगाएर चिन्ह लगाउन सुरु गरेपछि स्थानियहरुले १ हप्ताको थप समय माँग गर्दा कागजी सहमती गराइ १ हप्ता सम्म वाटो न खोले नगरपालिकाले डोजर लगाएर १२ फिट बाटो खुलाउँने बताइएको छ ।
सो स्थानमा २० फिटको बाटो बनाउँनकालागि ८ फिट सहमतीमा लिइने जनाइएको छ । विकासकोलागि बाटो खुलाउने क्रममा कसैले विवाद उतपन्न नगरि नगरपालिकालाइ सहयोग गर्नुपर्ने दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले जनाए ।  

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्