Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी प्रधानमन्त्रीको चाहना वासिंटन-प्रशासनका लागि चुनौतीपूर्ण बन्न सक्ने

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्रीको इमरान खानको चाहना वासिंटन-प्रशासनका लागि चुनौतीपूर्ण बन्न सक्ने आशंका गरिएको छ ।

औपचारिक भ्रमणमा अमेरिका जान लागेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले महँगो होटलमा नबस्ने चाहना व्यक्त गरेका छन् ।
पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएअनुसार जुन २१ तारिखदेखि सुरु हुने भ्रमणका क्रममा उनले वासिंटनस्थित दुतावासमै बस्ने इच्छा देखाएका हुन् ।

राजदुत असद मजिदको निवासमा बसेको खण्डमा प्रधानमन्त्रीको राजकीय भ्रमणको खर्चमा भारती कटौती हुनेछ । इमरानको यो चाहना अमेरिकाको सुरक्षा तथा शहरी संयन्त्रका लागि भने आकर्षक नहुन सक्छ । किनकि इमरान दुतावसमा बस्दा एकातर्फ सुरक्षा चुनौती उत्पन्न हुनसक्छ भने अर्का्तिर शहरको ट्राफिक व्यवस्था खलबलिने सम्भावना पनि उत्तिकै हुन्छ ।

वासिंटनले हरेक वर्ष विभिन्न देशका सरकार प्रमुखहरुको सैयौं भ्रमण व्यवस्थापन गर्छ, त्यसक्रममा सर्वसाधारणले कुनै सास्ती खेप्न नपरोस् भन्नेतर्फ विशेष सतर्कता अपनाइन्छ। पाकिस्तानी दुतावास शहरको मध्यभागमा भएका कारण इमरानको यो चाहना वासिंटन-प्रशासनका लागि चुनौतीपूर्ण बन्न सक्छ ।

यसबारे पाकिस्तानी दुतावासले वासिंटनसँग छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्