Logo
१५ चैत्र २०८०, बिहीबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वमन्त्री तथा तत्कालिन तमलोपा नेता गणेश नेपाली क्यान्सरबाट ग्रसित

काठमाडौं : पुर्व यूवा तथा खेलकुदमन्त्री तथा तत्कालिन तमलोपा नेता गणेश नेपाली गंभीर रोग क्यान्सरबाट ग्रसित भएका छन् । पछिल्लो ३ महिनादेखि प्रदेश २ स्थित महोत्तरीमा रहेको उनी आफ्नो निजि निवासमै उपचारार्थ रहेका छन् ।

तत्कालिन निरंकुश पंचायती जहानियां शासन बिरुद्ध बाल्यकालदेखि नै संघर्षरत रहेका तथा वर्षौ जेल जीवन विताएका गणेश नेपाली पछिल्लो एक वर्षदेखि बिरामी छन् ।

बिभिन्न अस्पतालको नियमित फ्लोअपमा रहेका उनी अहिले भने घरमै उपचाररार्थ रहेका छन् । जलेश्वर स्थीत रहेको उनको निवासमा दैनिक रुपमा भेटघाट गर्नेहरुको घुइचो रहेको देखिन्छन ।

यसैबीच जनकपुर स्थित नेपाली कांग्रेसका यूवानेता जीवनाथ चौधरीले पनि उनको निवासमै पुगेर उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

चौधरीले फेसबुकमा भेटघाटको फोटो राख्दै लेखेका छन् ‘निरंकुश पंचायती जहानियां शासन बिरुद्ध बाल्यकाल देखि नै संघर्षरत रहनु भई वर्षौ जेल जीवन विताउनु भएका नेपाली राजनीतिका चर्चित नेता एवं पुर्व खेलकुद मंत्री श्रद्धेय श्री गणेश नेपाली ज्यु क्यान्सर जस्तो गंभीर रोगले ग्रसित हुनु भएको खबर पाउना साथ वहांसंग भेट्ने व्यग्रताका साथ मित्र प्रमोद चौधरी जी र परमेश झाका साथ आज हामी जलेश्वर स्थीत वहांको निवासमा भेटी स्वास्थ अवस्था बारे वहाँ को ज्येष्ठ पुत्र नेपाली काङ्ग्रेस का नेता बजरङ्ग नेपाली ज्यु सङ्ग जानकारी पाए ।वहाँ को स्वास्थ्य को अवस्था हेरेर अत्यन्त दुखि छु । वहांको सिघ्र स्वास्थ्य लाभको लागि माता जानकी संग प्रार्थना गर्दछु ।’

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्