Logo
७ बैशाख २०८१, शुक्रबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनियन्त्रित बस नालीमा खस्दा २९ जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना भएको छ जसमा २९ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ ।

सोमबार बिहान यमुना एक्सप्रेसवेमा लखनउबाट दिल्लीका लागि छुटेको बस नालीमा खस्दा दुर्घटनामा परेको हो । अनियन्त्रित भएर बस नालीमा खसेको र आधा डुबेको स्थानीय प्रहरीले जनाएको छ ।

सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ । दुर्घटना बिहान पौने ५ बजेतिर भएको हो । ज्यान गुमाउनेमा २७ जना वयस्क, १ किशोरी र १ डेढ वर्षकी बालिका छन् ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्