Logo
७ बैशाख २०८१, शुक्रबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार : ४ अंकले गिरावट

काठमाडौं :  आज साताको पहिलो दिन आइतबार सेयर कारोबारमा ४ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ४.४५ अंकले घटेर १ हजार २ सय ५६.०४ अंकमा पुगेको हो भने सेन्सिटिभ इन्डेक्स पनि १.११ अंकले घटेर २ सय ७०.३५ अंकमा पुगेको छ । नेप्से घटेको दिन बजारमा १ सय ७३ कम्पनीका २२ लाख १६ हजार ४ सय ९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

आज बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागेका छन् भने बाँकी ६ समूह नै ओरालो लागेका छन् । जसमा निर्जीवन बिमा समूह सर्वाधिक ३८.३२ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ५०.२४ अंकले ओरालो लाग्यो ।

साताको पहिलो दिन सेयर बजारमा सिभिल बैंकको कारोबार सबैभन्दा धेरै भयो । बैंकको सेयर ५ करोड ७९ लाख ८० हजार ७ सय ४८ रुपैयाँमा कारोबार भएको हो ।

नेप्से घटेको दिन स्वाभिमानी लधुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको हो । त्यसैगरी रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक ११.३० प्रतिशत सेयर मूल्य गुमाए ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्