Logo
७ बैशाख २०८१, शुक्रबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द कपिल शर्मा शोबाट ब्रेक लिइ घुम्न निस्किए कपिल शर्मा आफ्नी श्रीमतीसँग

मुम्बई :  कमेडी किङ्ग कपिल शर्मा आजकाल आफ्नो कमब्याक टिभी शो ‘द कपिल शर्मा शो सिजन टु’मा निकै नै व्यस्त छन् । आफ्नो कार्यक्रमलाई रमाइलो बनाउनका लागि उनले नयाँ–नयाँ ट्वीस्ट पनि ल्याउँदै मनोरञ्जन दिइरहेका हुन्छन् ।

यसैबीच कपिल शर्मा आफ्नो व्यस्त कामदेखि केही समय आफ्नी पत्नीका लागि छ्ट्याउन चाहन्छन् । उनी आफ्नो कार्यक्रमबाट केही दिनका लागि ब्रेक लिने खबर सार्वजनिक गरेका छन् । विशेष कुरा के छ भने कपिलले यो ब्रेक आफ्नो घरमा आउन लागेको नयाँ पाहुनाका लागि लिइरहेका छन् ।

बलिउड लाइफको रिपोर्ट अनुसार कपिल शर्मा चाँडै नै आफनी पत्नीसँग मिनी ब्रेकमा जाँदैछन् । उनकी श्रीमती गिन्नी चतरथ ३ ४ महिनाकी गर्भवती छिन् । तसर्थ आफ्नी गर्भवती श्रीमतीसँग बेबी मुन मनाउन यी दुई क्यानडा घुम्न जाने तयारीमा रहेका छन् ।

गिन्नी चतरथसँग विवाह गरेलगत्तै उनी कपिल शर्मा शोमा फिर्ता भएका थिए जसका कारण उनीहरु हनिमुनमा पनि जान सकेका छैनन् त्यसकारण उनीहरुले बेबीमुनमा जाने योजना बनाएको भारतीय संचार माध्यमले बताएका छन् ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्