Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ यस हप्ताको राशिफल : मेषलाई सफलता मिल्ने, मीनलाई स्वास्थ्यमा समस्या देखिने

मेष : 
यो साता काममा सफलता मिल्नेछ र उन्नति, प्रगति हुनेछ। पारिवारिक सुख, शान्ति, समृद्धिको योग छ। छात्रछात्राहरूका लागि निकै उपयोगी समय रहेको छ। जागिरेहरूका लागि भने मानसिक अशान्ति र चिन्ताको साता हुन सक्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम देखिन्छ। व्यापार, व्यवसायमा मध्यम लाभ होला।

वृष : 
मान, सम्मान, इज्जत, प्रतिष्ठा अकस्मात् बढ्नेछ। आय आर्जनका मार्गहरू पनि प्रशस्त बढ्नेछन्। खेलाडीहरूका लागि साता उत्कृष्ट रहेको छ। दाम्पत्य र पारिवारिक जीवनमा केही अप्ठ्यारा र तनावको सामना गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा निकै ख्याल गर्नुपर्ला। सवारी साधनमा केही अप्ठ्यारा आउने देखिन्छ। दाजुभाइ, घरपरिवारबाट सहयोग प्राप्त हुनेछ।

मिथुन :
आध्यात्मिक र धार्मिक कार्यमा सरिक हुने साता देखिन्छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। जागिरेहरूका लागि साता त्यति उत्कृष्ट देखिएको छैन। व्यापार, व्यवसायमा लाभ होला। अचानक यात्राको योग बन्न सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्नेछ। मनमा निकै कुरा खेले पनि साताको बुधबार, बिहीबार र शुक्रबार कार्यमा निकै राम्रो प्रतिफल प्राप्त होला। राजनीतिक स्थिति निकै बिग्रिएको देखिन्छ। नचाहिँदा झुटा आरोप र प्रत्यारोप लाग्न सक्नेछन्।

कर्कट :
आर्थिक उन्नति, प्रगतिको बाटो मध्यम देखिन्छ। जागिरेहरूको साता सामान्य रूपमा बित्ला। यात्रा सुखद रहने देखिन्छ। अकस्मात् धनलाभका योगहरू बन्लान्। व्यापार, व्यवसायमा सामान्य लाभ छ। नयाँ सवारी साधनको योग बन्ला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। दाजुभाइ, परिवार र इष्टमित्रको सहयोग प्राप्त हुनेछ।

सिंह :
विद्या, बुद्धि बढ्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। यात्रा सुखद रहन सक्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम देखिएको छ। पारिवारिक एवम् दाम्पत्य जीवनमा सुख प्राप्त होला। नयाँ कार्यको थालनी हुन सक्ने देखिन्छ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहन सक्ने देखिन्छ। सवारी साधन चलाउँदा विचार पुरÞ्याउनुपर्नेछ। खेलाडीहरूका लागि साता निकै राम्रो छ।

कन्या :
यात्रामा केही अड्चन आउन सक्ने देखिन्छ। दाजुभाइ एवम् परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ। आर्थिक पक्षमा केही समस्या रहला। जागिरेहरूका लागि साता मध्यम देखिन्छ। नयाँ कार्यको थालनी होला। नयाँ सवारी साधनका योगहरू बन्नेछन्। राजनीतिक क्षेत्र मध्यम देखिन्छ। दाम्पत्य जीवनमा केही कटुता उत्पन्न हुन सक्नेछ।

तुला :
सन्तान सुख, शान्ति, समृद्धि प्राप्त हुने देखिन्छ। अचानक धनलाभ हुन सक्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। कृषि क्षेत्र उत्कृष्ट देखिन्छ। सवारी साधन चलाउँदा चोटपटक लाग्न सक्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार, व्यवसायमा भने मध्यम लाभ देखिन्छ।

वृश्चिक :
सन्तान सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। घरपरिवारको सहयोग प्राप्त होला। बुधबार र बिहीबार अकस्मात् मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। साहित्य, सङ्गीतका सर्जकहरूका लागि साता मध्यम देखिन्छ। आर्थिक पक्षमा केही समस्याहरू रहलान्। छात्रछात्राहरूका लागि साता मध्यम रहेको छ। स्वास्थ्यमा केही समस्या रहला। लेनदेनमा केही अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। आय आर्जन प्रशस्त हुने देखिएको छ।

धनु :
मनमा उत्साह र उमङ्ग बढ्नेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। सन्तान सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। अचानक धनलाभका योगहरू बन्नेछन्। यात्रा मध्यम रहला। परिवारमा केही अप्ठ्यारा पक्षहरू रहन सक्ने देखिन्छ। स्वास्थ्यमा केही समस्या देखापर्नेछ। केही नचाहिँदा झुटा आरोप सहनुपर्ने देखिन्छ। बिहीबार,शुक्रबार र शनिबार राजनीतिक र सामाजिक क्षेत्र मध्यम देखिन्छ। प्रेमीप्रेमिकामा केही कटुता उत्पन्न हुने देखिन्छ। काममा बाधा र अड्चन आउन सक्नेछन्। शिक्षा क्षेत्रमा राम्रो हुने देखिन्छ।

मकर :
साता राम्रो देखिन्छ। नयाँ व्यापारका योगहरू बन्नेछन्। सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। सन्तान सुख, शान्ति, समृद्धिको साता छ। विद्या, बुद्धि बढ्ने देखिन्छ। स्वास्थ्यमा भने केही समस्या देखिनेछ। राजनीतिक क्षेत्र मध्यम देखिन्छ। यात्रा त्यति सुखद देखिन्न। बैंकमा कार्य गर्नेहरूका लागि यो साता केही अप्ठ्यारो र समस्यामा बित्ला। आर्थिक उपार्जन र उन्नति, प्रगतिका मार्गहरू प्रशस्त रहने देखिन्छ।

कुम्भ :
विद्या, बुद्धि बढ्नेछ। जागिरेहरूका लागि साता मध्यम छ। व्यापार, व्यवसायमा लाभ हुने देखिन्छ। स्वास्थ्यमा केही समस्या देखिन सक्नेछ। घरपरिवारको सहयोग प्राप्त होला। साहित्य, सङ्गीतमा निकै राम्रो देखिन्छ। कृषि क्षेत्रमा लाभको योग छ। प्रशासनिक क्षेत्रमा मान, सम्मान मिल्नेछ।

मीन :
स्वास्थ्यमा केही समस्या देखापर्ला। मनमा उत्साह र उमङ्ग रहला। सन्तान सुख, शान्ति, समृद्धिको योग छ। नयाँ कार्यको थालनी होला। लेनदेनमा निकै विचार पुरÞ्याउनुपर्नेछ। आर्थिक पक्षमा उन्नति हुनेछ। साहित्य, सङ्गीतमा निकै रुचि जाग्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान बढ्ने देखिन्छ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्