Logo
१३ बैशाख २०८१, बिहीबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फलको राजा मानिने आँपका हेर्नुहोस् यस्ता छन् फाइदा

काठमाडौँ :  गर्मी मौसममा सबैभन बढी रुचाइने फल भनेकै आँप हो । यसलाई फलको राजा पनि भनिन्छ ।

स्वादिलो र पौष्टिक गुणले भरिपूर् ‘आँप’ भन्ने बित्तिकै धेरैको मन लोभिने गर्दछ । चिकित्सकहरुका अनुसार आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर पाइने भएकाले आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्दछ ।

तसर्थ पौष्टिक गुण भएको र मनै लोभ्याउने आँपका फाइदा पनि अनेक रहेका छन् जुन यसप्रकार रहेका छन्
आँपका फाइदाहरु :

  • आँपमा पाइने फाइबर र भिटामिन सीले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्दछ ।
  • आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट बचाउन मद्दत गर्दछ ।
  • आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा मिल्दछ ।
  • आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्दछ ।
  •  आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्दछ ।
  • आँपमा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्ने गर्दछ ।
  • यसको सेवनले ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्नुका साथै मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्