Logo
११ बैशाख २०८१, मंगलबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरभित्र पस्ने कोसिसमा देखियो यो गोहीजस्तो विशाल जीव

मलेशियामा एउटा विशाल छेपारोको देखिएको छ जुन हेर्दा गोहीजस्तै देखिन्छ । यो छेपारोको तस्बिर खिचेर एक व्यक्तिले सोसल मिडियामा पोष्ट गरे । त्यसलगत्तै यो छेपारो सोसल मिडियाका प्रयोगकर्ताबीच कौतुहलको विषय बनेको छ ।

वास्तवमा, मलेशियाको जाहोरमा एक व्यक्तिले विशाल छेपारोलाई ढोकामा चढिरहेको देखे । त्यो छेपारो घरभित्र छिर्ने कोसिस गरिरहेको थियो । ती व्यक्तिले तुरुन्त उक्त छेपारोको फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे जहाँ थुप्रै मानिसले उक्त छेपारोलाई विभिन्न नाम दिइरहेका छन् ।

कसैले यसलाई भिमकाय ‘मोनिटर लिजार्ड’ (Monitor Lizard) भन्दै छन् भने कतिले छेपारोको विशेषता र आकारका कारण ‘गोडजिला’ (Godzilla) पनि भनिरहेका छन् ।

उक्त छेपारोको तस्बिर पोष्ट गर्ने व्यक्तिको नाम लंग चेंर्ग यी हो । उनले सेल्फी पनि पोष्ट गरेका छन् । त्यति ठूलो छेपारोलाई आफ्नो घरको ढोकामा झुण्डिरहेको देखेर उनी चकित भए । उनले छेपारोका विभिन्न तस्बिर पोष्ट गरेका छन् । उनको पोष्टलाई अहिलेसम्म ३ हजार ६ सय बढी सेयर भइसकेका छन् ।

केही बेरपछि त्यहाँ सुरक्षाकर्मी पनि पुगेका छन् । यद्यपि, अहिलेसम्म उक्त छेपारो त्यहाँसम्म कसरी पुग्यो भन्ने केही पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्