Logo
७ बैशाख २०८१, शुक्रबार
(July 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षा याममा सुख्खा पहिरो, पोखरा-बाग्लुङ सडक अवरुद्ध, ३ किलो मिटरसम्म सवारी जाम

पर्वत : वर्षा याममा पनि सुख्खा पहिरोका कारण पोखरा-बाग्लुङ सडक अवरुद्ध भएको छ ।

कुश्मा नगरपालिका-८ दोबिल्लामा खसेको सुख्खा पहिरोका कारण पोखरा–बाग्लुङ सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट खसेको पहिरोसँगै आएका ठूला ढुंगा र माटोका कारण शनिवार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिए ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गको सडक चाक्लाउने क्रममा अग्लो गरेर भीर काटिएको ठाउँबाट पहिरो झरेको हो ।

ट्राफिक प्रहरी प्रमुख क्षेत्रीका अनुसार पहिरो खसेको खबर पाउँदासाथ मध्यमहाडी लोकमार्ग निर्माणको ठेक्का लिएको लामा कन्सट्रक्सनको एक्साभेटर लगाएर अवरुद्ध सडकलाई खुलाउने प्रयास भैरहे पनि सडक सञ्चालन हुन सकेको छैन ।

सडक बन्द हुँदा पोखराबाट साविकको धौलागिरीका बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङबाट पोखरा हुँदै बाहिरिने सयौँ सवारी साधनहरु रोकिएका छन्। पोखराबाट सोही जिल्लाहरुका लागि छुटेका सवारी र यात्रुहरु अलपत्र परेका छन् ।

सवारीहरुको जाम मात्रै झण्डै ३ किलोमिटर पुगेको पनि ट्राफिक प्रहरीले बताएको छ।

प्रकाशित मिति: Jul 6, 2019

प्रतिक्रिया दिनुहोस्