Logo
१२ बैशाख २०८१, बुधबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्राइज बैंकको ३७ औँ शाखारहित बैंकिङ सेवा तनहुँमा

काठमाडौं : सन्राइज बैंक लिमिटेडले ३७ औँ शाखारहित बैंकिङ सेवा तनहुँको भानु नगरपालिका १३, सम्जुरमा सुरु गरेको छ ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन भानु नगरपालिका प्रमुख राम बहादुर बानिया एक समारोहका बीच गरेका हुन् । सो अवसरमा सन्राइज बैंकका गण्डकी प्रदेशका प्रमुख रवीन्द्र केसी साथै बैंकका अन्य उच्च पदाधिकारीको पनि उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ सेवाका एजेन्टरप्रतिनिधि अजिज मियालाई पोइन्ट अफ सेल मेसिन प्रमुख बानिया र बैंक गण्डकी प्रदेश प्रमुख केसीले संयुक्त रूपमा हस्तानतरण गरेका थिए ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्