Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यु १९ एसिया कप छनोट : नेपालको फराकिलो जित, २१७ रनले पराजित सिंगापुर

काठमाडौं : मलेसियामा जारी यु १९ एसिया कप छनोट क्रिकेटमा नेपालले फराकिलो जित दर्ता गराएको छ ।

नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै फराकिलो जित दर्ता गराएको हो ।

रीत गौतमको शतक र कुशल मल्लको अर्धशतक मद्धतमा एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालले सिंगापुरलाई ३२७ रनको विजय लक्ष्य दिएको थियो । तर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ औँ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटिएपछि नेपालले फराकिलो जित दर्ता गराएको हो ।

फराकिलो जित निकालेको नेपाल समुह ’ए’ को विजेता भएको छ ।

नेपालले अब आगमी सोमबार समुह ’बी’ को उपविजेतासँग सेमिफाइनल खेल्ने छ । ३ सय २७ रनको विशाल लक्ष्य पक्ष्याएको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्