Logo
४ बैशाख २०८१, मंगलबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोला तर्नेक्रममा नुवाकोटमा दुईजना बेपत्ता

नुवाकोट : बिहीबार साँझ नुवाकोट जिल्लाको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा दुईजना बेपत्ता भएका छन् ।

ताँदी गाउँपालिका-२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ र सोही ठाउँका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार बेपत्ता भएका तामाङको ताँदी खोला, खरानीटार, देविघाट, महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा खोजीकार्य भइरहेको उनले बताए ।

बेपत्ता उनीहरूलाई नुवाकोट प्रहरी, खरानीटार प्रहरी चौकी, देवीघाट चौकी, ताँदीचौकी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्