Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल र जनता बैंक मर्जरमा जाने, नाम भने ग्लोबल आइएमई नै रहने

काठमाडौं : ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन्। यसअघि मेगा बैंकसँग मर्जर जान ग्वलोबल बैंकले छलफल चलाएको थियो । ग्वलोबल बैंकले अन्तत जनता बैंकसँग मर्जरमा गर्ने सहमति जनायो ।

शुक्रबार दिउँसो होटल सांग्रिलामा जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

८५ प्रतिशत स्वाप रेसियोमा जान तयार भएका हुन्। दुई बैंकको मर्जरपछि पनि नाम भने ग्लोबल आइएमई नै रहने बताइएको छ ।
ग्लोबल आइएमई बैंकले यसअघि आधा दर्जन बढी संस्थालाई गाभेको आठ अर्ब चुक्तापुँजी वृद्धि गरेको थियो ।

बिहीबार मात्रै राष्ट्र बैंकमा सातवटा बैंकले मर्जरमा जान तयार रहेको प्रतिबद्धता जनाएका थिए । यसअघि, ९ असारमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पार्टनर खोजेर आउनका लागि बैंकहरूलाई आग्रह गरेका थिए ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरू मर्जरका लागि दबाब दिने तयारी गरेको छ

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्