Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको शेनडोंग प्रान्तमा लागु भयो यस्तो नयाँ नियम, खुट्टा वा लुगा धुँदा पनि जरिवाना

एजेन्सी : चीनको शेनडोंग प्रान्तमा नयाँ नियम लागु गरिएको छ । सो क्षेत्रमा सार्वजनिक स्थलमा शर्ट उतार्दा जरिवाना तिर्नुपर्ने नयाँ नियम लागु भएको छ ।

अधिकारीका अनुसार नयाँ नियम मानिसहरुलाई असामाजिक व्यवहार गर्न रोक लगाउनका लागि लागू गरिएको हो । यो नियम चीनका विभिन्न शहरमा लागु गरिनेछ । नियम तोडे जरिवाना पनि तिनुपर्ने बताइएको छ तर कति भने जानकारीमा उल्लेख छैन ।

झरनामा खुट्टा वा लुगा धुँदा पनि जरिवाना : चीनमा सन् २०१९ मार्च १ तारिखमा नयाँ नियमको घोषणा गरिएको थियो । यसलाई अहिले लागू गरिएको छ ।

नयाँ नियम अनुसार सार्वजनिक स्थानमा कम्मरसम्मको कपडा फुकाल्दा जरिवाना तिनुपर्छ । यहाँसम्म कि स्थानीयले स्विमिङ गर्दासमेत यो नियमको पालना गर्नुपर्छ ।

एक चिनियाँ अधिकारीका अनुसार नयाँ नियम लागु गर्नुको लक्ष्य जरिवाना बटुल्ने नभई मानिसहरुलाई शिक्षित गर्नु हो । उनले भने, ‘हामी चाहन्छौं कि मानिसहरुले नियमको पालना गरुन् र आफ्नो खराब बानी सुधारुन् । ’

नयाँ नियम अनुसार स्थानीयले झरनामा खुट्टा र कपडा धुँदा पनि जरिवाना तिनुपर्छ । सार्वजनिक स्थानमा थुक्दा वा जेब्रा क्रसिङबाहेक भीडमा बाटो काट्दा पनि जरिवाना तिर्नुपर्छ ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्