Logo
११ बैशाख २०८१, मंगलबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कप छनोटमा नेपाल : सिंगापुरसामु नेपालद्वारा ३२७ रनको लक्ष्य

काठमाडौं : एसीसी यु–१९ एसिया कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले सिंगापुरसामु ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले मलेसियाको किनरारा मैदानमा भएको खेलमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनाएको हो ।

नेपालका लागि रित गौतमले १ सय १५ रनको यागदान गरे भने १ सय ३७ बलमा १ सय १५ जोडेका गौतम अविजित रहे । ९० बलमा ९० रन बनाएका खडक बोहरा भने सतक बनाउन चुके ।

कुशल मल्लले बिस्फोट ब्याटिङ गर्दै २३ बलमा ५१ रन जोड्दै अविजित रहे। पवन सर्राफले भने ४५ रन जोडेका थिए । यसअघिको आफ्नो पहिलो खेलमा नेपालले चीनमाथि १० विकेटको सानदार जित निकालेको थियो ।

चीन २३ दशमलव १ ओभरमा ५३ रनमा अलआउट भएको थियो । नेपालले ५ ओभरमा बिना विकेट लक्ष्य भेट्टाएको थियो ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्