Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीका १३ इन्सपेक्टरको काज सरुवा, को कहाँ ?

काठमाडौं : प्रहरीका १३ इन्सपेक्टरको काज सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल आएका छन् ।
यसअघि बसपार्कमा रहेका मोहनबिक्रम केसी सामाखुसीस्थित पहरा गणमा पुगेका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा, बाँके ट्राफिकमा पविन्द्र बहादुर बम, कल्याण महाशाखामा बासुदेव नेपाल काज सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग विभागमा हिरेन्द्र रोकाया काज सरुवा भएका छन् ।

यस्तै कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वाँर, इप्रका बिर्ता पर्सामा निर्मल पनेरू, वडा प्रहरी कार्यालय नेपालगन्जमा हरीबहादुर बस्नेत काज सरुवा भएका छन् ।

यस्तै अपराध महाशाखामा किरण न्यौपाने, दङ्गा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त, जिल्ला प्रहरी कार्यालय बाँकेमा रणबहादुर बिष्ट, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रेशम आचार्य काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्