Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान डुङ्गा दुर्घटना : ४ जनाको मृत्यु, २१ जना अझै बेपत्ता

पेसावर :  उत्तरपश्चिम पाकिस्तानको पेसावर शहरमा एक डुङ्गा दुर्घटना भएको छ । उक्त डुङ्गामा कम्तीमा ४ व्यक्तिको मृत्युका साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् ।

खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुङ्गा बुधबार दुर्घटना भएको थियो । यस डुङ्गामा ३८ व्यक्ति सवार रहेका र ती मध्य १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी अधिकारी जाहिद उल्लाहले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । २ महिला र २ बालबालिकाको शव नदीबाट निकालेको जाहिदले बताएका छन् । उद्धारकार्य अझै पनि जारी रहेको तर जिवीतै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको पनि जाहिदले बताएका छन् । (एएफपी)

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्