Logo
७ बैशाख २०८१, शुक्रबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम डाउन हुँदा ४ अर्ब ४ करोड प्रयोगकर्तालाई समस्या

एजेन्सी : आधुनिक यूगमा प्रविधिलाई प्रयोग नगर्ने व्यक्ति सायद कमै होला । विश्वकै सबैभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुक बुधबार नौघण्टासम्म डाउन भयो। नेपाल, भारत, बेलायत र अमेरिकासहित कयौँ देशमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप साढे नौ घण्टासम्म डाउन भएका हुन् ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम डाउन हुँदा विश्वभरका ४ अर्ब ४ करोड प्रयोगकर्तालाई समस्या भयो। तर यही समयमा ट्विटरमा भने कुनै समस्या थिए। त्यहीकारण धेरै प्रयोगकर्ताले ट्विटरबाट आफ्नो गुनासो फेसबुकलाई गरेका थिए ।

फेसबुकले बिहीबार बिहान ५ बजेर ३६ मिनेटमा ट्विट गर्दै भनेको छ, ’केही मानिसले हाम्रो प्लेटफर्म र एपबाट फोटो पठाउन र भिडियो अपलोड गर्न समस्या भएको बताएका थिए। यस समस्यालाई ठीक गरिएको छ। हामी यो असुविधाका लागि माफी माग्छौँ ।

बुधवार राति सवा ८ बजेदेखि तीनै प्लेटफर्म ठप्प जस्तै थिए । फेसबुकले राति १० बजे ट्वीट गर्दै भन्यो( हामीलाई यस समस्याको जानकारी छ। हामी चाँडै नै यो समस्या सुल्झाउन लागिरहेका छौँ ।

पछिल्लो पाँच महिनामा यस्तो तेस्रो पटक तीनै सामाजिक सञ्जालमा यस्तो भएको हो।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्