Logo
६ बैशाख २०८१, बिहीबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्मीयाममा यी खानेकुराबाट टाढा रहनुहोस्

गर्मीयाममा प्राय सबैलाई के खाँदा फाइदा हुन्छ र केके खानुपर्छ भन्ने राम्रो जानकारी हुन्छ । तर यस मौसममा धेरैलाई के खान हुन्न भन्ने थाहा नहुन सक्छ । तसर्थ आज हेरौँ गर्मी मौसममा केके खानेकुरामा परहेज गर्नुपर्छ –

अदुवा :
गर्मीयाममा अदुवाको सेवन गर्नाले स्वास्थ्यको तापक्रम बढाउनका साथै स्वास्थ्यमा हानी पनि पुर्याउदछ । उक्त कारण गर्मी मौसममा अदुवा सेवन नगरेकै बेस रहन्छ ।

प्याज :
प्याजले तरकारीको स्वाद बढाउन मद्दत गरेता पनि शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँदछ । त्यसैले गर्मीमा प्याजको सेवन कम मात्रामा गर्नुपर्दछ ।

लसुन :
तरकारीलाई स्वादिलो बनाउन लसुनको प्रयोग गरेता पनि यसले शरीरको तापक्रम बढाउनका साथै हर्मोनलाई असन्तुलन गराउँदछ ।

सागपात :
सागपातमा भरपुर एन्टीअक्सिडेन्ट हुन्छ जसले अनेकौँ रोग भगाउँछ । सागपातमा प्रोटिन पनि प्रशस्त हुन्छ । यो ब्रेकडाउन हुँदा शरीरको तापक्रम बढ्छ र शरीरको हर्मोन परिवर्तन हुन थाल्छ । त्यसैले सागपात गर्मीयाममा कम नै खाएको राम्रो हुन्छ ।

तैलीय खाना :
गर्मी मौसममा तेल जन्य पदार्थ खाएमा पाचनसम्बन्धी समस्या हुन्छ । उक्त कारण तेलीय खाना नखानु नै उचित रहन्छ ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्