Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रहरी दलवीर सिंहका छोराबाट नेपाली किशोरी बलात्कृत

काठमाडौं : भारतीय प्रहरीमा कार्यरत (सहायक निरीक्षक) दलवीर सिंहका छोरा पंकज सिंहले नेपाली किशोरीमाथि बलात्कार गरेका छन् ।

दुई छोराछोरीका बुबा समेत रहेका पंकजले असार १५ गते किशोरीलाई बलात्कार गरेको खुल्न आएको माइती इन्डियाले जनाएको छ ।

डोटीको साविकको साहिल गाविस घर भएकी किशोरी सिंहको घरमा कार्यरत थिइन् ।

उनी बलात्कृत भएको सूचनाको आधारमा नेपाली जनसम्पर्क समिति र माइती इण्डियाको संयुक्त टोलीले मेहरौली थानामा पुगी उजुरी दर्ता गराएका थिए । त्यसपछि किशोरीको मेडिकल जाँच गर्दा बलात्कार गरेको प्रमाणित भएको माइती इन्डियाकी सीता अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल पक्राउ परेका पंकजविरुद्ध अदालतमा पहिलो चरणको बयान भइसकेको जनाइएको छ ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्