Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृत घोषित पश्चात अन्तिम संस्कार भइरहँदा जिवित भए युवक

उत्तरप्रदेशको राजधानीमा अस्पतालले.मृत घोषित गरेको एक युवकलाई चिहानमा गाड्नका लागि पूरा तयारी भइसकेको थियो ।  शवलाई त्यहाँ राख्दै गर्दा परिवारका केही सदस्यले उनको शरीरमा हलचल देखे ।

अन्तिम संस्कारको प्रक्रिया तत्काल रोकेर उनलाई अस्पताल पुर्याइयो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ ।

वास्तवमा २० वर्षका मोहम्मद फुरकान २१ जुनमा एक दुर्घटनामा घाइते भएका थिए । त्यसपछ उनलाई नीजि अस्पतालमा भर्ना गरियो । डाक्टरले उनलाई सोमबार मृत घोषित गरेका थिए । उनलाई एम्बुलेन्समार्फत् उनको घर पुर्याइयो ।

भाइको यस्तो अवस्थालाई दाइ मोहम्मद इरफानले यसलाई अप्रत्याशित बताएका छन् । उनले भने, ‘परिवारलाई विश्वास भइरहेको छ । हामीले हाम्रो भाइ फिर्ता पायौं ।’

उनले भने, ‘भाइको उपचारका लागि निजी अस्पताले परिवारसँग सात लाख भारु लिइसकेका थिए । जब हामीले उनलाई हामीसँग पैसा नभएको बतायौं तब सोमबार फुरकानलाई मृत घोषित गरियो । अहिले उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।’

फुरकानको उपचार गरिरहेका डाक्टरले भने, ‘बिरामीको स्थिती गम्भीर छ तर उनी निश्चित रुपमा ब्रेन डेड छैनन् । उनको नाडी, रक्तचाप र दिमागले काम गरिरहेको छ । उनलाई भेन्टिलेर सपोर्टमा राखिएको छ ।’

लखनउका मुख्य मेडिकल अधिकारी नरेन्द्र अग्रवालले भने, ‘हामीले मामलाबारे जानकारी लिँदै यसको अनुसन्धान थालेका छौं ।’

फुरकानको उपचार गरिरहेका डाक्टरले भने, ‘बिरामीको स्थिती गम्भीर छ तर उनी निश्चित रुपमा ब्रेन डेड छैनन् । उनको नाडी, रक्तचाप र दिमागले काम गरिरहेको छ । उनलाई भेन्टिलेर सपोर्टमा राखिएको छ ।’

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्