Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा डकैती : डाका समुह र गाउँलेबीच भिडन्त, लाखौंको लुटपाट, एक डाका पक्राउ

महोत्तरी : प्रदेश २ स्थित महोत्तरी जिल्लमा बुधबार राति डकैती भएको छ । बर्दिवास नगरपलिका ६ र ७ प्रेमनगरमा डाकाहरुले लाखौको धनमाल लुटेर लगेका हुन् ।

मध्यराति झण्डै एकदर्जनको संख्यामा आएका डाकाहरुले गाँउलेहरुमाथी आक्रमण गर्दै सुनचाँदी, नगद, जिन्सी गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बर्दिबास नगरपालिका ७ प्रेमनगरका रामसुनर महतो र वडा नं. ६ प्रेमनगरका चन्देश्वर महतोको घरमा डाकाहरुले आक्रमण गरी गकैती गरेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गाउँलेले डाकामाथि प्रतिकार समेत गरेको छ ।

प्रतिकारको क्रममा एकडाका हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सलार्ही जिल्ला चन्द्रपर नगरपालिका घर भएका वर्ष ४० का देवनरायण कापड रहेका प्रहरीले जनाएको छ । उनलाई गाउँलेहरुले नजिकै रहेको बडहडी खोलाबाट पक्राउ गर्न सफल भएका छन् ।

डाकाको आक्रमणबाट घरधनी चन्देश्वर महतो, उनका श्रीमती जेयबती देवी र छोरा वर्ष २७ का उमेश महतो घाइते भएका छन् । तीनै जनाको उपचार बर्दिवास स्थित जनसेवा अस्पतालमा भइरहेको छ । गाउँलेहरुको कुटपीटबाट पक्राउ परेका डाका गम्भीर घाइते भएका छन् ।

डाकाको उपचार बर्दिबासको शुभ स्वास्तिक हस्पिटल बर्दिबासमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । डाकाहरुमध्ये एक जनालाई तत्कालै स्थानीयले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

सर्लाहीको चन्द्रपुर नगरपालिका घर भएका ४० वर्षीय कापड पक्राउ परेको र स्थानीयको कुटाइबाट उनी गम्भीर घाइते भएको डीएसपी बुढाथोकीले बताए । डाका कापडको साथबाट एक थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले बरामद गरेको पेस्तोलसहित डाकालाई प्रहरीको जिम्मा लगाइएको छ ।

डाकाहरु भाग्ने क्रममा नजिकै रहेको बडहडी खोलामा गाउँलेहरुसँग दोहरो भिडन्त समेत भएको थियो । त्यस्तै डाकाहरुले कुटपिट गरी धरधनीलाई समेत घाईते बनाएका छन् । पीडित परिवारका ५ जना घाइते भएका छन् ।

डाकाहरुको प्रतिकार गर्ने क्रममा घाईते भएकामध्ये घरमुली चन्देश्वर महतो र उनकी श्रीमती जेयवती देवी र छोरा वर्ष २७ का उमेश महतोको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै अन्य २ घाइतेहरुको बर्दिबासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्