Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसभा निर्वाचनमा हार बेहोरेका राहुल गान्धीले दिए भारतीय काँग्रेसको अध्यक्ष पदबाट राजीनामा

एजेन्सी : बुधबार भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष गान्धीले लोकसभा निर्वाचनमा बेहोरिएको हारको जिम्मेवारीका साथ चार पेजको विज्ञप्ति जारी गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ : ‘पार्टी अध्यक्ष भएको नाताले लोकसभा निर्वाचनमा बेहोरिएको हारको जिम्मेवारी म लिन चाहान्छु ।

त्यसैले पार्टीको भविष्यको जिम्मेवारी लिँदै म राजीनामा दिएको घोषणा गर्छु ।’ अध्यक्षको जिम्मेवारीबाट हटेको विज्ञप्ति जारी गरेलगत्तै गान्धीले अब आफु पार्टी अध्यक्ष नरहेको प्रतिक्रिया दिएका छन् ।

राहुल सन् २०१७ डिसेम्बरबाट काँग्रेस पार्टीको अध्यक्ष चुनिएका थिए । उनले गत मे २५ मा पार्टी केन्द्रीय समितिको बैठकमा राजीनामा दिएका थिए । उनले आफ्नो ट्वीटर अकाउन्टबाट समेत पार्टी अध्यक्ष भन्ने शब्द हटाएका छन् ।

गत महिना भएको लोकसभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि उनी पार्टी अध्यक्ष रहने कि नरहने भन्ने बहस चर्किदै गएको थियो । राहुलले राजीनामा दिएसँगै अब कसले पार्टीको नेतृत्व सम्हाल्ला भन्ने बहस उत्कर्षमा आएको छ । पछिल्लो समययता सो पार्टीको नेतृत्वमा गान्धी परिवारको विकल्प खोजिनुपर्ने बहस समेत सतहमा आएको छ ।

प्रकाशित मिति: Jul 3, 2019

प्रतिक्रिया दिनुहोस्