Logo
११ बैशाख २०८१, मंगलबार
(July 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स अनुत्तीर्ण

यस वर्षको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षमा ६५ प्रतिशत नर्स फेल भएका छन् । नेपाल नर्सिङ काउन्सिलले लिने उक्त परीक्षामा धेरै परिमाणमा नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्नचिन्ह उठेको हो ।

१५ सय १९ जना परीक्षार्थी सहभागी भएको परीक्षमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् ।

‘नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,’ काउन्सिलकी अध्यक्ष प्रा.डा. गोमादेवी निरौलाले भनिन्, ‘कलेजले नर्सिङलाई कमाइ खाने भाँडो मात्र बनाएका छन्, यति धेरै कलेज चाहिँदैनन् ।’  नयाँ चिकित्सा शिक्षा ऐनअनुसार कलेजको आफ्नै अस्पताल हुनुपर्छ । सरकारी अस्पताल देखाएर नर्सिङ कलेज चलाउन पाइँदैन ।

प्रकाशित मिति: Jul 3, 2019

प्रतिक्रिया दिनुहोस्