Logo
८ बैशाख २०८१, शनिबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीको आँखा कान उपचार केन्द्रका डाक्टरलाइ पक्राउ गरि कारवाहीको माँग

दुहवी/दुहवीको आँखा कान उपचार केन्द्रका डाक्टरलाइ पक्राउ गरि कारवाहीको माँग गरेका छन । आँखा उपचार केन्द्र दुहबीको लापरबाहीका कारण एक युवाले आफ्नो दृस्टि गुमाएको भन्दै इलाका प्रहरी कार्यालय दुहबीमा उनिहरुले उजुरी दिएका छन । उजुरिमा दुहवीको आँखा कान उपचार केन्द्रका डाक्टरलाइ तत्काल पक्राउ गरि आवश्यक कारवाहीको माँग गरेका छन ।

दुहबी ६ निवासी १९ बर्षिय सागर हलुवाइले उपचारको क्रममा अस्पतालको लापर्वाहीले आफ्नो आँखाको दृष्टि गुमाएको भन्दै मंगलबार प्रहरीमा जुरी दिएका हुन ।

उनले ११ दिन अघि आँखा उपचार केन्द्र दुहबीमा सामान्य चेकजाच गराएको र अस्पतालले गलत मेडिसिन दिएको कारण आँखाको ज्योती गुम्दै गएको अभियोग सहित मंगलबार पिडितले प्रहरीमा उजुरी दर्ता गराएका हुन ।

उनको आँखामा गलत मेडिसिन प्रयोग भएको बिराटनगरस्थित तपडिया आखा अस्पतालले प्रमाणित गरको सागर हलुवाईका बुवा सन्जय हलुवाईले दावी गरे ।

मंगलवार पिडितका परिवार र आफन्तजन सहित ले दुहबीको आँखा उपचार केन्द्र घेराउ समेत गरेका थिए । पिडित पक्षले उक्त आखा उपचार केन्द्र दुहबी शाखाका ईन्चार्ज चन्द्न गुप्तालाइ तत्काल पक्राउ गर्न र पिडित पक्षलाइ उचित उपचारसंगै क्षतिपुर्ति समेत माग गरेका छन ।

यता दुहबीस्थित आँखा उपचार केन्द्रका शाखा इञ्चार्ज चन्द्न गुप्ता संग सम्पर्क गर्दा उनले उपचारको क्रममा कुनै गलत मेडिसिनको प्रयोग नभएको दाबी गरे तर आँखाको प्रेसर नाप्ने क्रममा केहि त्रुटी भएको स्विकार गरे । दुहवीको आँखा कान उपचार केन्द्र बिराटनगर आाखा अस्पताल बिराटनगरको शाखा हो । सो घटना बारे इप्रका दुहवीका प्रहरी निरीक्षक रामनारायण माझिसँग बुझ्दा उजुरि बारेमा बोल्न चाहेनन ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्