Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहिदको ‘कबीर सिंह’को १० दिनको कमाइ कति रह्योे ?

मुम्बई :  शााहिदको कबीर सिंहले बक्स अफिसमा धमाकेदार ओपनिङ गरेको छ र यसले अहिलेसम्म निरन्तरता लिइरहेको छ । फिल्मले दोस्रो हप्ता पनि गज्जबको व्यापार गरिरहेको छ । खासगरी यस फिल्ममा शाहिद कपूरको अभिनय र अभिनेत्री कियाराको शाान्त चरित्रलाई धेरैले मन पराएका छन् ।

दोस्रो हप्तामा फिल्मले शुक्रवार १२ करोड २१ लाख, शनिवार १७ करोड १० लाख र आइतवार १७ करोड ८४ लाख कमाइ गरेको छ । यो फिल्मले पहिलो हप्ता मात्र १३४ करोड भारु कलेक्सन गरेको थियो ।

फिल्मले १० दिनमा १८१ करोड ५७ लाख भारु कमाइ गरेको छ । अब फिल्मले सहजै २ सय करोड कमाउने अनुमान गरिएको छ ।

फिल्ममा शाहिद कपूरले एक प्रेमीको भूमिका निभाएका छन् । कबीर सिंह तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को आधिकारिक रिमेक भर्सन हो । यो फिल्म शाहिद कपूरका फिल्ममध्ये १ सय करोड कमाउने पहिलो फिल्म बनेको छ ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्