Logo
१२ बैशाख २०८१, बुधबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उचित संरक्षणको अभावमा मर्न थाले करोडौँ खर्चेर रोपिएका बोटबिरुवा

सप्तरी :  प्रदेश २मा यस वर्षदेखि हरित प्रदेश अभियान सुरु भएको छ । उक्त अभियानमा प्र्रदेश २ का सरकार तथा संघले करोडौं खर्च गरेर रोपेका बोटबिरुवा आवश्यक संरक्षणको अभावमा एकाएक मर्न थालेका छन् ।

प्रदेश सरकारले बिरुवा उत्पादन र बृक्षारोपणमा मात्रै ध्यान दिएको हुँदा हरित प्रदेश अभियान कार्यक्रम प्रभावकारी नहुने हो कि भन्ने शंका बढ्न थालेको हो ।

प्रदेश २ सरकारको हरित प्रदेश अभियान अन्तर्गत सप्तरी जिल्लामा मात्रै चालू आर्थिक वर्षमा एक वर्षमा ५ लाख र २ वर्षमा ८ लाख गरी कूल १३ लाख वटा विभिन्न जातका बिरुवा उत्पादन गर्ने काम भईरहेको छ । यसबाहेक संघीय सरकारको योजना अन्तर्गत थप १ लाख ४० हजार बिरुवा र ८ हजार ३ सय विभिन्न जडिबुटीका बिरुवा उत्पादन गर्ने काम समेत भईरहेको छ ।

बिरुवा उत्पादनको काममा मात्रै संघ र प्रदेश सरकारको गरी २ करोड १८ लाख ८५ हजार खर्च भएको छ । प्रदेशकै हरित अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रम अन्तर्गत ५० हेक्टर जग्गामा बिरुवा लगाउने योजना छ ।

सप्तरीको दक्षिणी क्षेत्रमा चुरे क्षेत्र नभएकाले दक्षिणी क्षेत्रमा स्थानीयकै निजी जग्गामा वृक्षारोपण गर्ने योजना प्रदेश सरकारले बनाएको छ । निजी जग्गामा वृक्षारेपण गरेवापत प्रदेश सरकारले एक हेक्टरमा बिरुवा लगाउनेलाई ५० हजार रुपैयाँ अनुदान दिने भएको छ ।

ठूलो धनराशी खर्च गरेर रोपिएका बिरुवाको संरक्षणका लागि प्रस्ट कार्ययोजना हुनुपर्ने सरोकारवालाको भनाइ छ । कार्ययोजनाबिना चुरे संरक्षणको नाममा खर्च गरिएको बजेट बालुवामा पानी हाले सरह हुने सरोकारवालाको गुनासो रहेको छ ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्