Logo
७ बैशाख २०८१, शुक्रबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणी नदी किनारमा कांग्रेसले लाखबत्ती बाल्ने

चितवन : नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ ।

कांग्रेस चितवनले जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी शुरु गरिएको हो ।

यससँगै नारायणी किनारमा हुने गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड कोइरालाको नाममा समर्पित गरिने र यसका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले जानकारी दिए ।

पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिए।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्