Logo
११ बैशाख २०८१, मंगलबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहानीको विद्यालय समयमा छात्राहरुमा देखियो यस्तो स्वास्थ्य समस्या

कैलाली :  सुदुरपश्चिम प्रदेशको कैलालीस्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो किसिमको समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् ।

भजनी नगरपालिका-१ स्थित विद्यालयको कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् । उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताएका छन् । “बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या आउने गर्दछ ।”

सापकोटाले भने, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।” स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उनले बताए ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्