Logo
१२ बैशाख २०८१, बुधबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कबीर सिँहबाट सफलताको स्वाद चाखेका शाहिदका ती ७ फिल्म जुन रिलिज हुनै पाएनन्

मुम्बई :  बलिउडको चक्लेटी ब्वाय भनेर चिनिने शााहिद कपुरको केही समय अगााडि रिलिज भएको फिल्म हो ‘कबीर सिँह’ । यो फिल्मले अहिले पनि धमाकेदार बिजनेस गरिरहेको छ । फिल्मले अहिलेसम्म १६७ करोड कलेक्सन गरिसकेको छ ।

फिल्मको कहानी, शाहिद र अभिनेत्री कियाराको अभिनयको खुबै तारिफ भएको छ । शाहिदको करिअरको कुरा गर्ने हो भने उनले १६ वर्ष पहिले बलिउडमा पाइला चालेका थिए ।

बलिउडमा पनि कतिपटक यस्तो हुन्छ, जुन फिल्म बन्ने भनेर कलाकारसँग साइन पनि हुन्छ तर फिल्म रिलिज नै हुँदैनन् । शाहिद कपूरसँग पनि यस्तै भएको थियो । शाहिद कपूरका यस्ता ७ फिल्म रिलिज नै हुन पाएनन् ।

सन् २०१० मा साबिर खानले ‘हीर रांझा’ नामक फिल्म बनाउने भनेर दीपिका पादुकोण र शाहिद कपूरलाई लिएका थिए । तर यो फिल्म बनेन ।

यस्तै ‘यहाँ के हम सिकन्दर’ नामक फिल्म पनि बन्ने भनिएको थियो । यो फिल्ममा शाहिद कपूरसँगै जोन अब्राहमले पनि अभिनय गर्ने भनिएको थियो । फिल्मलाई अहमद खानले निर्देशन गर्ने भनिएको थियो । तर पछि यो फिल्म पनि डब्बा बन्यो ।

यस्तै ‘एके भीएस डीएस’, ‘कहीँ तो मिलेगी’, ‘चारुलता’ लगायतका फिल्म निर्माण गर्ने भनिएको थियो । तर, यी कुनै पनि फिल्म बनेनन् । बीचमा शाहिदले प्रियदर्शनसँग एक कमेडी जनराको फिल्ममा काम गर्ने भनिएको थियो । पछि त्यो फिल्म निर्माणको पनि चर्चा सेलायो ।

यति मात्र होइन, निर्देशक सुनील दर्शकले सन् २००४ मा एक फिल्म बनाउनेबारे सोचेका थिए । उक्त फिल्ममा शाहिद कपूर र करीना कपूरको मुख्य भूमिका रहने भनिएको थियो । तर, यो फिल्म हलसम्म आएन ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्