Logo
७ बैशाख २०८१, शुक्रबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराखौँ : ल्वाङवाला चियाका यस्ता छन् फाइदाहरु

काठमाडौँ :  चिया पिउने विभिन्न तरिका छ जसमध्ये ल्वाङवाला चिया पनि एक हो । यो चिया अदुवा र अलैँची चियाभन्दा पनि बढी फाइदाजनक हुन्छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुने गर्छ ।
ल्वाङवाला चियाले गर्ने फाइदा यसप्रकार रहेका छन् :

  •  ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ ।
  • १ कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ ।
  • हाडको दुखाइको समस्या भएका मानिसले ल्वाङ चिया पिएमा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पुर्याउँछ ।
  • एसिडिटीका कारण पेट दुख्ने, पोल्नेजस्ता समस्या हुन्छ । यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ ।
  •  दाँतको दुखाइ भएकाले पनि ल्वाङको चिया सेवन गर्दा राम्रो हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्