Logo
८ बैशाख २०८१, शनिबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षाले पर्खाल भत्काउँदा लियो २१ जनाको ज्यान

भारतको मुम्बई र पुणेका छुट्टाछुट्टै ३ ठाउँमा भारी वर्षा भएको छ । उक्त वर्षाका कारण पर्खाल भत्किँदा २१ जनाको मृत्यु भने अन्य धेरै घाइते पनि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घाइतेको अवस्था केही गम्भीर रहेको छ । मृतकको संख्या भने अझै बढ्न सक्ने जनाइएको छ । मुम्बईको मलाड ईस्ट क्षेत्रको पिंपरीपाडामा पर्खाल भत्किँदा १२ जनाको मृत्यु भएको हो । मलबेकै भत्किएको पर्खालमा केही मानिसहरु पुरिएको हुनसक्ने भन्दै उद्धारकार्य जारी राखिएको छ ।

त्यस्तै गएराति सवा एक बजेको समयमा पुणेको सिंहगढ़ कलेजको पर्खाल भत्किँदा ६ जनाको मृत्यु भएको छ । सो घटनामा ४ जना घाइते भएका छन् । त्यसैगरी पर्खाल भत्किएको अर्को घटना कल्याणमा भएको हो । जहाँ ३ जनाको ज्यान गएको छ ।

यस्तै ३ दिन अघि पुणेको कोढवामा भारी वर्षाका कारण पर्खाल भत्किँदा १५ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई दिन यता परेका भारी वर्षाका कारण मुम्बई लगायतका क्षेत्रको जनजीवन प्रभावित बनेको छ । रेल तथा यातायात सेवा ठप्प बनेका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण उद्धार तथा राहतमा कठिनाइ भइरहेको जनाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले ज्यान गुमाउने परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्