Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै रात ५ घरमा लुटपाट र चोरी

सप्तरी :  प्रदेश २ मा पर्ने सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सोमबार गएराति २ घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।

मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको ८ तोलाको पाउजु र ५ तोलाको ब्रास्लेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताएका छन् ।

यसैगरी कैलु चौधरीको घरबाट नगद रु ५ हजारका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले बताए । जङ्गल राम, झमेली सदाको १-१ थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद रु ५ हजार लगेको स्थानीयवासीले जनाएका छन् ।

चौपायाको व्यापार गर्न भनेर ऋण लिएको पैसा चोरी हुँदा किस्ता तिर्न कठिनाइ हुने परमेश्वर रामले दुखेसो पोखे । केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा ५ घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

चोरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताए ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्