Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत आज बंगलादेशसँग भिड्दै, खेलमाथि पाकिस्तानको कडा नजर

लण्डन :  विश्वकप आइसीसी क्रिकेटमा आज भारतले बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ ।

आजको खेलमा भारत पुन जीत निकाल्ने दावमा हुनेछ जसले उसको स्थान सेमिफाइनलमा पक्का गर्नेछ । इंग्ल्याण्डसँग पराजित भएपछि अन्तिम ४मा स्थान पक्का गर्नका लागि यो खेल जित्नु अति महत्त्वपूर्ण मानिन्छ । भारतसँगको खेल बंगलादेशका लागि पनि उत्तिकै महत्वपूर्ण छ । उसलाई सेमिफाइनलको होडमा रहनका लागि यो खेल जित्नु पर्ने हुन्छ ।
त्यसपछि हुने पाकिस्तानसँगको खेल पनि जितेमा बंगलादेशको होड कायम रहन्छ ।

भारत र बंगलादेशबिचको खेलमा पाकिस्तानको पनि नजर छ । भारत र पाकिस्तानलाई हराएको र न्युजिल्याण्डसँग इंग्ल्याण्ड हारेको अवस्थामा पाकिस्तानलाई पछि पारेर बंगलादेश सेमिफाइनलमा पुग्छ ।

बंगलादेशलाई पराजित गरेमा भारतको अंक १३ पुग्ने छ र उ जारी विश्वकपको सेमिफाइनलमा पुग्ने अस्ट्रेलियापछिको दोस्रो टिम बन्नेछ । तर पराजित भएको खण्डमा भारतले श्रीलंकासँगको अन्तिम खेल जित्नु पर्ने हुन्छ ।
यदी सो खेलमा पनि पराजित भएमा रेन रेटका आधारमा अघि बढ्ने सम्भावना रहन्छ, जसका लागि उसले अरु टिमको खेल पर्खनु पर्छ ।

भारतले त्यो अवस्थामा अन्तिम ४मा स्थान बनाउन सक्ने छैन, जब उ बंगलादेश र श्रीलंकासँग पराजित हुने छ र इंग्ल्याण्डले न्युजिल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्नेछ । यस्तो भएमा नतिजा बंगलादेश र पाकिस्तानको पक्षमा जानेछ ।

भारतमाथि बंगलादेशले जित निकालेमा उसको पाकिस्तान समान ९ अंक हुनेछ र उ पाँचौँ स्थानमा उक्लिने छ । त्यस्तो अवस्थामा उसका लागि पाकिस्तानसँगको खेल महत्वपूर्ण हुनेछ । भारत र पाकिस्तानलाई पराजित गरेको र न्युजिल्याण्डसँग इंग्ल्याण्ड हारेको अवस्थामा बंगलादेश रन रेटका आधारमा सेमिफाइनल पुग्न सक्छ ।

भारत मंगलबार बंगलादेशलाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रने छ । तर पछिल्ला वर्षमा यी दुई देशबिचको खेल प्रतिस्पर्धात्मक देखिएका छन् । र पनि विगतको नतिजा भारतकै पक्षमा देखिन्छ । दुई देशबिच अहिलेसम्म ३५ वटा एक दिवसीय खेल भएको छ । जसमा ५ पटक मात्रै बंगलादेश विजयी भएको छ ।

सन् २००७ को विश्वकपमा बंगलादेशले भारतलाई पराजित गरेको थियो । सन् २०११ र २०१५ को विश्वकपमा भने भारतले ठूलो जित निकालेको थियो । सन् २०१५ को जुन यता भएका कुनै पनि खेलमा भारत बंगलादेशसँग पराजित भएको छैन ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्