Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्वस्थ खानपानको उपज “ब्लड प्रेसर” नियन्त्रणमा राख्न अपनाउनुहोस् यी १० उपाय

काठमाडौं :  मानिसहरुको यस्तो भागदौड जिन्दगीमा कुनै न कुनै रोगको शिकार त अवश्य हुने गर्दछन् । अरु रोगहरुलाग्दा सामान्यतया ज्वरो आउने, रोगलागेको शरीरको भागहरु दुख्ने पोल्ने लगायतका समस्याहरु देखापर्छन् । तर ब्लड प्रेसरले कुनै लक्ष्यण नदेखाई भित्रभित्रै मानिसलाई शिकार बनाउने गर्छ ।

यस कारण ब्लड प्रेसरलाई साइलेन्ट किलरका रुपमा पनि चिनिन्छ । व्लड प्रेसरमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । ब्लड प्रेसर बढ्नुको मुख्य कारण भनेको नै अस्वस्थ खानपान र निस्कृय जीवनशैली रहेको चिकित्सकहरु बताउँछन् ।

यसको नियन्त्रण गर्न सकिएन भने हृदयघातका कारण मृत्यु हुने खतरा हुन्छ त्यसले गर्दा यसलाई नियन्त्रणका लागि औषधिको प्रयोग गर्नु पर्छ । तर ब्लड प्रेसर भएको छ भने औषधिको प्रयोग नगरी पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

निम्नलिखित उपायहरु अपनाउने हो भने ब्लड प्रेसर नियन्त्रण गर्न सकिन्छ :
१. नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ ।

२. जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खाने गर्नुपर्छ ।

३.  खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसले नुनको सकसक कम गर्छ र ब्लड प्रेसर कम हुन्छ ।

४.  हरेक दिन कम्तीमा १ गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ ।  यसमा रहेको भिटामिन सी रहन्छ ।

५.  नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ । यसले रक्तचाप बढाउँछ । त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन ।

६.  अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ । यसमा भएको एन्टी अक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ ।

७.  धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल नामक स्ट्रेस हर्मोन बढाउँछ र प्रेसर बढाउने गर्छ । त्यसैले धूम्रपान र मद्यपान नगर्नु नै प्रेसर घटाउने उपाय हो ।

८. पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ ।

९.  हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ ।

१०.  संगीत सुन्दा शरीरमा आनन्द महसुस हुन्छ । यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्