Logo
८ बैशाख २०८१, शनिबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी श्रोतका शिक्षकहरुले गराए २२ ओटा विद्यालयमा तालाबन्दी

जुम्ला :  कर्णाली प्रदेशस्थित जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ ओटा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । शिक्षकहरुले समयमा तलब नपाएपछि उक्त विद्यालयमा तालाबन्दी गरिएको हो ।

आफूहरुले १ दशकदेखिको पारिश्रमिक नपाएको भन्दै निजीस्रोतका शिक्षकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाभित्रका आधारभूत, प्राथमिक तथा माध्यमिक तहका विद्यालयका ६३ जना शिक्षकले तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् ।

निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष एवम् शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले आफूहरुले तलब नपाउँदासम्म विद्यालयको ताला नखोलिने बताए ।

आफूहरुले असार ११ गतेसम्मका लागि विद्यालय व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन अल्टिमेटम दिए पनि वास्ता नगरिएका कारण अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको रोकायाको भनाइ छ ।

शिक्षकहरुको अनश्चितकालीन तालाबन्दीका कारण गाउँपालिकाभरिको पठनपाठन प्रभावित भएको छ । सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताए ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्