Logo
४ बैशाख २०८१, मंगलबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“प्रेम गीत ३”मा नायिका क्रिस्टिना गुरुङ खड्का

नेपाली सिनेमाका लोकप्रिय नायक प्रदीप खड्काको बहुचर्चित फिल्म प्रेम गीत ३ का लागि नायिका छनौट गर्न निर्माण टिमले लामै संघर्ष गरेको हो । नायिका छनौटका लागि निर्माण टिमलेलामो अडिशन पनि गर्यो जसको फलस्वरुप यो खोजको अन्त्य भएको छ । प्रेम गीत ३ ले आफनो नायिका पक्का गरेको छ ।

सन्तोष सेनको निर्माणमा बन्न लागेको उक्त फिल्ममा क्रिस्टिना गुरुङ खड्का नायिकाको रुपमा पक्का भएकी छिन् । क्रिस्टिना अमेरिकामा बस्दै आएकी थिइन् र यस फिल्मको अडिशनका लागि नेपाल आएकी बताएकी थिइन् । अब उनले प्रदिप खड्काको नायिकाको रुपमा स्क्रिनमा रोमान्स गर्ने्छिन् ।

निर्माण टिमले नायिका छनौटका लागि आह्वान गरेको अडिशन मा २७ सय बढी युवतीहरुले आवेदन दिएका थिए । त्यसमा चर्चित नायिका तथा अभिनेत्रीहरु पनि थिए तर सबैलाई पछि पार्दै क्रिस्टिना नायिका बनेकी हुन् ।

उनी प्लस टुसम्मको अध्ययन नेपालमा नै सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दै्छिन् । परिवारसँग अमेरिकामा बस्दै आएकी उनले केही म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् ।

अभिनय, क्षमता, उचाई र सुन्दरता सबैको हिसाबले उनी गीतको रुपमा सुहाएकी हुनाले क्रिस्टिनालाई छनौट गरिएको निर्माण टिमको भनाई छ । निर्माण टिमले उनलाई नायिकाको रुपमा फाईनल गरेसंगै गीत क्यारेक्टरमा क्रिस्टिनाको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । प्रदिप र क्रिस्टिनाको जोडी पर्दामा कस्तो देखिएला त्यसको प्रतिक्षा दर्शकहरुले अवश्य गर्नेछन् ।

पिरियड ड्रामाको रुपमा निर्माण हुन लागिरहेका यस फिल्मलाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । फिल्ममा नव नायक मनिष राउत , बुवाको भूमिकामा शिव श्रेष्ठ , सुनिल थापा पनि फाईनल भईसकेका छन् ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्