Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवी उद्योग बाणिज्य संघको पदस्थापन तथा पद हस्तान्तरण

दुहवी/ सुनसरीको दुहवी उद्योग बाणिज्य संघको पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम समपन्न भएको छ । दुहवी उद्योग बाणिज्य संघको भवनमा भएको कार्यक्रममा दुहवी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष उमेश गोश्वामीले नव अध्यक्ष सुनिल कुमार साह(हलुवाई)लाइ पद हस्तान्तरण गरेका हुँन ।

२०७५ साल असार १६ गते १ वर्ष अगाडी दुहवी उद्योग बाणिज्य संघमा अध्यक्ष सहितको चुनाव भएर निर्वाचित भएको निर्वाचन अधिकृतहरुले तय गरिसकेको भएपनि विविध कारण देखाउँदै पूर्व अध्यक्ष उमेश गोश्वामीले पद हस्तान्तरण गर्न न मानेपछि दुहवीका उद्योगि व्यापारीहरुले पद हस्तान्तरण गर्न दबाब दिएपछि शनिवार पदस्थापन कार्यक्रम भएको स्रोतले दाबी गरेको छ ।

दुहवी उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा हरि बहादुर प्रधान, उपाध्यक्ष रामकुमार पाठक, माहासचिब सुभाष कुमार भट्टराई, कोषाध्यक्षमा प्यारचन्द चौधरी रहेका छन ।

यसैगरि प्रचार प्रसार सचिव कंचन झा, उद्योग सचिव मुकेश जोशी, बाणिज्य सचिव मो. मुस्तकिम रहेका छन । सदस्यहरुमा प्रमोद अग्रहरी, राजकुमार रौनीयार, दिलिप साह, बसन्त थापा मगर, सुधिर चौधरीलाइ चयन गरिएको नव अध्यक्ष साहले जनाए ।

दुहवीका उद्योगी व्यापारीहरुको हक हितकालागि आगामि दिनहरुमा कर छुट सहुुलियत देखि लिएर व्यवस्थित ढंगबाट सहजरुपमा व्यापार व्यवसाय गर्नकालागि सक्रियताकासाथ अगि बढ्ने अध्यक्ष साहले जनाए ।

दुहवी उद्योग बाणिज्य संघका निर्वाचन अधिकृत मिलिराम चौधरीले सर्व सम्मतरुपमा पदाधिकारी चयन भएकोले शपथ ग्रहण गराइ सफल कार्याकालको सफलताको शुभकामना दिइएको जनाए । कार्यक्रममा निर्वाचन अधिकृत हंसराज मालुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्