Logo
१५ चैत्र २०८०, बिहीबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइसीसी विश्वकप क्रिकेट : भारतको जीतको कामना गर्दै पाकिस्तानी फ्यान्सहरु

लण्डन :  आइसीसी विशवकप क्रिकेटमा आज आयोजक टोली इङग्ल्याण्ड र भारतको दमदार भिडन्त हुनेछ । एजबस्टन मैदानमा खेलिने खेल दिउँसोको ३ः१५ बजेदेखि सुरु हुने खेल प्रतिस्पर्धात्मक रहने अनुमान गरिएको छ ।

दुई पटकको विश्वकप च्याम्पियन रहेको भारत जारी विश्वकपमा अपराजित नै छ । भारत आज हुने खेलमा पसन जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने इङ्ग्ल्याण्ड पनि बलियो भारतलाई रोक्दै सेमिफाइनल यात्रा सहज बनाउने अभियानमा छ ।

अर्कोतिर, दक्षिण अफ्रिका र न्यूजिल्याण्डलाई हराएको पाकिस्तान पनि सेमिफाइनलमा पुग्न चाहन्छ । र, सेमिफाइलनलमा पुग्न आजको खेलमा भारतले इङ्ग्ल्याण्डलाई हराउनुपर्छ । तसर्थ पाकिस्तानी क्रिकेटप्रेमीहरु भरत र इङग्ल्याण्डबीच खेलमा भारतकै जीत होस् भन्ने चाहन्छ र भारतका लागि सपोर्ट पनि उत्तिकै बढेको देखिन्छ ।

यस्तो रोमाञ्चक खेलको विषयमा इङ्ग्ल्याण्डका पूर्वकप्तान नासिर हुसैनले मजाकको भावमा ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘यो सबै सवाल पाकिस्तानी फ्यानको हो । आइतबार हुने खेलमा तपाईं कसको पक्षमा, इन्डिया कि पाकिस्तान ? ’

नासिरले यो प्रश्न गर्ने बित्तिकै पाकिस्तानी फ्यानका धमाधम जवाफ आउन थाल्यो । केहि जवाफ त यस्तो आयो कि जसको कसैले अपेक्षा नै गरेका थिएनन् ।

एक जना पाकिस्तानीले लेखे, ‘जय हिन्द !’ भने कसैले लेखे, ‘बन्दे मातरम !’ अहमदले लेखे, ‘हामी आफ्नो छिमेकीलाई धेरै माया गर्छौँ । हामी निश्चय नै भारतको समर्थन गर्नेछौँ ।’ जट्टी सेज नामको अकाउन्टमा ट्विट गरिएको छ, ‘भारत र पाकिस्तान दुवै इङ्ग्ल्याण्डको विरुद्ध एकजुट छौँ ।’

ज्याकी ज्यादीले एक पाकिस्तानी फ्यानको तस्विरमा ट्विट गरे जसमा उनले ‘विराट’ लेखेको टिशर्ट लगाएका थिए । र उनले लेखे, ‘यो पनि कुनै सवाल हो ? ’

केहि मानिसहरु यो कुरासँग सहमत र खुशी थिए । भारत र पाकिस्तानका मानिसहरुकाबीचको यो खुशीको विषयले चर्चा पाइरहेको छ । एकजना प्रयोगकर्ताले लेखेका छन् ‘सायद, नेताले यो ट्वीट पढेको भए ..।’

भारतीय फ्यान पनि यो कुरामा सहमत छन् र खुशी देखिएका छन् । भारतीय फ्यानहरु पाकिस्तानी फ्यानलाई धन्यवाद दिइरहेका छन् ।

यद्यपि, यस्तो पनि होइन कि सबै पाकिस्तानी फ्यान भारतको जितको शुभकामना दिइरहेका छन् । केहीले भारतको हारको पनि अपेक्षा गरेका छन् । नान्जिया अफ्रिदीले लेखेकी छिन्, ‘म इङ्ग्ल्याण्डको जित चाहान्छु । सेमिफाइनलमा दास्रोपटक पाकिस्तानलाई हराउँदा आउने हर्ट अट्याक कसले दिन चाहन्छ ?’ जफरले लेखेका छन्, ‘भरोसा गर्नुु्स्, हामी इङ्ग्ल्याण्डको सपोर्ट गर्न चाहान्छौँ तर यो हामीलाई महङ्गो पर्नेछ । त्यसैले भारतको समर्थन गरिरहेका छौँ । इन्शाअल्लाहा ।’

यी सवै सवाल जवाफपछि नासिरले एक पटक फेरि ट्विट गरे, ‘मैले यो ट्विट मजाकको रुपमा गरेको थिए । मलाई लागेको थियो धेरैले नराम्रो जवाफ दिनेछन् तर यहाँ त उल्टै प्रेम र समर्थन आयो ।’

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्