Logo
१२ बैशाख २०८१, बुधबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँमा भोज खान गएका ४१ जना गाउँले परे बिरामी

दमौली :  तनहुँको भानु नगरपालिका-३ खहरेमा धनराज श्रेष्ठको घरमा आयोजना गरिएको भोज खाँदा ४१ जना गाँले थला परेका छन् । बिहीबार आयोजित श्रेष्ठको छोराको भात खुवाइमा गएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् ।

भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत राखिएको थियो जसमा माछा खाने गाउँले मात्र बिरामी परेको भानु नगरपालिका -३ का वडाअध्यक्ष दलनारायण श्रेष्ठले बताए । ‘अन्य खानेकुरा खाएका स्थानीयवासीलाई केही असर छैन’, श्रेष्ठले भने, ‘माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेका छन् ।’

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरीद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताए । उनले भने, ‘घटनास्थल पुगेर खानेपानी, माछाको परीक्षणका लागि नमूना सङ्कलन गरेका छौँ ।’

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्