Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीहरूको इतिहासमै पहिलो पटक चर्चित पण्डित दीनबन्धु पोखेरेललाई अमेरिकामा मानार्थ नागरिकता

काठमाडौं : चर्चित पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ ।

हाल अमेरिकामा रहेका उनलाई भर्जि्नियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।
पण्डित पोखरेलले आफलाई अमेरिकी सरकारले प्रदान गरेको मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका छन् ।

नेपाली समूदायप्रति र्पुयाएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताइएको छ ।

पण्डित पोखरेलले भनेका छन्, ‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन । अमेरिकी भूमिमा सेवा गरेबापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक मलाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस् ।’

उनलाई दिइएको मानार्थ नागरिकताबारेको प्रमाणपत्रमा हर्नडन टाउन काउन्सिलका सदस्य प्रदीप ढकालको हस्ताक्षर रहेका छन् । ढकाल सो नगरका नेपाली मूलका अमेरिकी जनप्रतिनिधि हुन् ।

प्रकाशित मिति: Jun 29, 2019

प्रतिक्रिया दिनुहोस्