Logo
७ बैशाख २०८१, शुक्रबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई नतिजा : सामुदायिकको तुलनामा ‘ए’ ग्रेड ल्याउने निजीको तीन गुणा बढी

काठमाडौं : २०७५ सालको एसईई परीक्षाको परीक्षाफल ०७६/०३/१२ गते प्रकाशित भयो । ०७५ सालको एसईई परीक्षामा सामुदायिकबाट ३ लाख २५ हजार ३३० र निजीबाट १ लाख ३३ हजार ९४५ विद्यार्थी सहभागी थिए ।

सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा १७ हजार ५८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयकाअनुसार उनीहरू मध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजार ७८८ छन् भने सामुदायिकका जम्मा २ हजार ७९२ जना छन् । जबकी सहभागी संख्या निजीको तुलनामा समुदायिकमा झण्डै तीन गुणा बढी छ ।

२०७५ सालको एसईई परीक्षामा सामुदायिकबाट ३ लाख २५ हजार ३३० र निजीबाट १ लाख ३३ हजार ९४५ विद्यार्थी सहभागी थिए । सामुदायिक विद्यालयबाट कुल सहभागी मध्ये ०.८६ प्रतिशतले मात्रै एक प्लस ग्रेड ल्याएका छन् । निजी विद्यालयका भने ११.०४ प्रतिशत विद्यार्थीले ‘ए प्लस’ ग्रेड पाएका छन् ।

त्यस्तै ‘ए’ ग्रेड ल्याउने पनि सामुदायिकको तुलनामा निजीको तीन गुणा भन्दा बढी छन् । निजीका ३९ हजार ९१४ र सामुदायिकका जम्ममा ११ हजार २२३ जनाले ‘ए’ ल्याए । अर्थात निजीका २९.८ र सामुदायिकका ३.४५ प्रतिशतले मात्रै ‘ए’ ग्रेड ल्याए ।

गत वर्षको तुलनामा जीपीएको मापदण्ड घटाउँदा पनि सामुदायिकको नतिजामा सुधार आउन नसकेको हो ।

यसवर्ष ३ः६० देखि ४ः०० जिपिए ल्याएकालाई ‘ए प्लस’ ग्रेड दिइएको छ । अघिल्लो वर्ष भने ‘ए प्लस’ ल्याउनका लागि न्यूनतम जीपीए ३ः६५ तोकिएको थियो ।

त्यस्तै ‘ए’ देखि ‘डी’ ग्रेड ल्याउन आवश्यक जीपीए गतवर्ष भन्दा ०.५ प्रतिशत घटाइएको छ ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्