Logo
११ बैशाख २०८१, मंगलबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमतिमा खुल्यो कांग्रेस जनप्रतिनिधिले महानगरपालिकामा लगाइएको ताला

पोखरा : पोखरा महानगरपालिकामा कांग्रेस जनप्रतिनिधिले लगाएको ताला सहमतिमा खुलेको छ ।

शुक्रबार महानगर प्रमुख मानबहादुर जिसीले पत्रकार सम्मेलन गरेरै जनप्रतिनिधिलाई अत्यावश्यक योजनामा हेरफेर गर्ने गरि सहमतिमा खुलेको हो ।

सन्चारकर्मीसङ्ग कुराकानी गर्दै मेयर जिसिले बजेटले कसैलाई भेदभाव नगरिएको स्पस्टिकरण दिएका थिए ।

वितरणमुखी बजेट ल्याएको भन्दै कांग्रेस जनप्रतिनिधिले बिहीवार महानगरको मुख्य गेटमा ताला पछिलगाएका थिए ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वा्चित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्