Logo
१५ चैत्र २०८०, बिहीबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिकटकका हिट जोडी ट्वीन गर्लस फिचर्ड ’अमिलो निबुवा’ सार्वजनिक (भिडियो)

काठमाडौँ :  लामो समय देखि अस्ट्रेलियामै रहेर धेरै हिट हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि जम्ने कोसिसमा छन् । गायक रसाईलीको नयाँ गीत “अमिलो निबुवा” को म्युजिक भिडियो रिलिज भएको छ ।

दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज रहेको छ भने गायक रसाईलीलाई गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन् । “अमिलो निबुवा”मा टिकटकका सर्वा्धिक हिट ट्वीन गर्लस् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा , दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ , शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ जुन टिमको यस अघिको हाम्रो माया जिन्दावादलाइ अत्त्यधिक मन पराइएको थियो । हाम्रो माया जिन्दावाद बोलको सफलता पछि सार्वजनिक भएको उक्त डान्सिङ गीतमा माया पिरतीको भाव समावेश गरिएको छ ।

“अमिलो निबुवा” भिडियोलमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ । हाल अस्ट्रेलियाको लोकप्रिय नेपाली च्यानल ’हेल्लो अस्ट्रेलिया टिभी ’मा आबद्ध गायक जीवन रसाईलीले यस गहि पनि धेरै सामजिक चेतनाका र कमर्सियल गीतहरु गाइसकेका छन भने उनले नेपली लगायत पन्जाबी, हिन्दी , भियतनामी ,इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

https://www.youtube.com/watch?v=CPhKQlXjtKs

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्