Logo
१५ चैत्र २०८०, बिहीबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिकाका सबै विद्यालयमा प्राथमिक स्वास्थ्य उपचार सामग्री वितरण

सल्यान : छत्रेश्वरी गाउँपालिकाले गाउँपालिकाका सबै विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाभित्रका ४० विद्यालयमा विभिन्न उपचार सामग्री राखेर एकएक थान उपचार सामग्रीसहितको बाकस र स्टेचर वितरण गरिएको हो ।

विद्यालयको समयमा कक्षा कोठा तथा विद्यालय परिसरमै बिद्यार्थीहरुलाई स्वास्थ्यमा समस्या देखिँदा अस्पताल लैजानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य उपचारका सामग्रीहरु उपलब्ध गराएको गाउँ स्वास्थ्य प्रमुख अमर शर्माले बताए ।

विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त प्राथमिक स्वास्थ्य उपचार गर्नका निम्ति आवश्यक सामग्री तथा औषधिसहितको स्वास्थ्य सामग्री प्रदान गरिएकोे गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई सामग्रीहरुको प्रयोग गर्ने तरिका सिकाएर स्वास्थ्य सामग्रीसहितको बाकस र स्टेचर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए ।

गाउँपालिकाले पाँच लाख रुपैयाँको बजेटमा प्राथमिक स्वास्थ्य उपचार सामग्री, बाकस र स्टेचर खरिद गरिएको उनको भनाइ छ । यस्तै, कार्यालयले एक हजार सेनेटरी प्याड वितरण गरेको छ ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्