Logo
७ बैशाख २०८१, शुक्रबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छलफलका लागि महानगरको गेटमा लगाएको ताला खोल्न महानगरका प्रमुखको आग्रह

पोखरा : पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिहरुलाई छलफलका लागि महानगरको गेटमा लगाएको ताला खोल्न आग्रह गरेका छन् ।

शुक्रबार महानगरमै पत्रकार सम्मेलन गरेर प्रमुख जिसीले छलफलमा आउन महानगरको मुल गेटमा लगाएको ताला खोल्न आग्रह गरेका हुन् ।

केही दिनअघि महानगरले प्रस्तुत गरेको बजेटमा कांग्रेसबाट निर्वा्चित प्रतिनिधि भएको वडामा भेदभाव गरेको भन्दै महानगरको मूलगेटमा ताला लगाएका थिए। उनीहरुले बिहीबार रातो किताब च्यातेर पनि विरोध जनाएका थिए ।

महत्वपूर्ण योजनाहरु छुटेको भए थपघट गर्न सकिने भन्दा पनि कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधीहरुले अनावश्यक विरोध जनाईरहेको मेयर प्रमुखले बताए । ‘मुलगेटको ताला खोल्नुस् छलफल गरेर टुंग्याउँ भनेको छु उहाँहरु मान्नु भएको छैन,’ मेयर जीसीले भने, ‘महत्वपूर्ण योजनाहरु भए थपघट गरौँ । परिवर्तन गरौँ, प्रभावकारी विकासमा लागौँ भन्दा मेयरको पाराले दुख पाए साराले भनेर गेटमा नारा लगाएर हुन्छ ?’

पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट ल्याएको छ । बजेट माथी छलफल नै नगरी एकलौटी ढंगबाट मेयरले पारित गरेको कांग्रेसबाट निर्वा्चितहरुको आरोप छ । मेयरले प्राथमिकताको आधारमा वडाहरुमा बजेट विनियोजन भएको समेत बताए ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्