Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, कोटाभन्दा २ हजार बढी उत्तीर्ण

काठमाडौं :  दक्षिण कोरिया जानका लागि दिइएको रोजगार अनुमति प्रणाली ईपीएसको नतिजा प्रकाशन भएको छ । गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा का बिहिबार राती प्रकाशित भएको हो ।

रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत् जेठ २५ र २६ गते लिइएको परीक्षाको नतिजा प्रकाशित भएको हो । दशौं कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परिक्षार्थी मध्ये ८४ हजार २ सय १५ जना परिक्षार्थी भाषा परिक्षामा सहभागी भएका थिए ।

सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो । परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् ।

परीक्षाको नतिजा थाहा उनका लागि तपाईंको जन्ममिति तथा पार्सपोर्ट नम्बर आवश्यक पर्छ । परीक्षाफल इपिएसको वेबसाइटमा प्रकाशित छ ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्