Logo
७ बैशाख २०८१, शुक्रबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा महिलालाइ यातना दिएको भन्दै कारवाहीको माँग

सुनसरी/ सुनसरीको दुहवी ७ स्थित भलुवामा बस्ने वर्ष २५ की विमला चौधरीले आफुलाइ श्रीमान शिव कुमार चौधरीले यातना दिएको भन्दै कारवाहीको माँग गरेकी छिन ।

बिहीवार साँझ घरेलु वाद विवाद उत्पन्न हुँदा शिव कुमार चौधरीले कुटपिट गर्नुकासाथै तातो पानिमा हालेर जलाउँने प्रयास गरेको विमला चौधरीले वताइन ।

सो घटनाको विषयमा दुहवी ७ नम्वर वडाका वडाध्यक्ष बिजय कुमार चौधरीले ति महिलालाइ तत्कालै उद्धार गरेर दुहवी स्थित सुनसरी सामुदायिक अस्पतालमा उपचार गर्नकालागि भर्ना गराएको बताए ।

कराइको तातोपानिले महिलाको पछाडीको भाग जलेकोले पिडकलाइ कारवाहीको दायरामा ल्याउने तयारी गरेको दुहवी नगरपालिकाका प्रवक्ता समेत रहेका बिजय कुमार चौधरीले बताए ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्