Logo
८ बैशाख २०८१, शनिबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा १८ जेहन्दार बिद्यार्थीहरुलाइ साइकल बितरण, महिला हरुलाइ ५ लाख बढिको सहयोग

सुनसरी/ सुनसरीको दुहवी ५ स्थित श्री सरस्वती मा.वि.का १८ जना कक्षा ९ मा अध्यनरत जेहन्दार दलित बिद्यार्थी (छात्रा)हरुलाइ साइकल बितरण गरिएको छ ।

दुहवीको दलित महिला समुहका २५ जना महिलाहरुलाइ सिलाइ मेशिन तथा ११ ओटा दलित महिला समुहलाइ ७०–७० हजारका दरले बिउ पुजि उपलब्ध गराएको करुणा फाउण्डेसन नेपालका कार्यक्रम संयोजक कृष्ण देवले जनाएका छन ।

यसकासाथै दुहवी १ का शान्ति मिलिजुली समुह र दुहवी ३ का सुन्दर मिलिजुली समुहका महिलाहरुलाइ गाउँघरमा उत्कृष्ट काम गरेको भन्दै १० हजार ५ सय का दरले पुरस्कार वितरण गरिएको थियो ।

गर्भवती महिलाहरुलाइ सहयोग गरेको भन्दै ५ जना महिला स्वंय सेविकाहरुलाइ ४ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

करुणा फाउण्डेसन नेपालको आयोजना तथा दुहवी नगरपालिकाको साझेदारीमा भएको उक्त कार्यक्रममा म्याक्स फाउण्डेसन बंगलादेश र फेमी फाउण्डेसन नेदरलेण्डसको सहयोगमा ५ लाख १७ हजार बराबरको सहयोग सामाग्री उपलब्ध गराइएको आयोजकले जानकारी दिएको छ ।

दुहवी पार्टी प्यालेसमा बिहीवार भएको कार्यक्रममा प्रमुख अतिथि रहँनु भएका दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुहुँदै । दुहवी नगरपालिकाकी उपमेयर सुनिता दाहाल(साह)को अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुहवीका वडाध्यक्षहरु, वडा सदस्यहरु लगायतको उल्लेख्नीय उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्